Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘चिँ मुसी चिँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/30
शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म हो ‘चिँ मुसी चिँ’ । म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मको व्यापार औसत रहेपनि हेरेका दर्शकले नराम्रो बोलेका छैनन् । 
 
 
फिल्मको सस्पेन्स पाटो र गीतसंगीतलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । निर्देशक दिनेश श्रेष्ठ भन्छन्, 'दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाभन्दा हाम्रो लागि अरु सफलता के नै हुन्छ र ? फिल्म हेर्नुभएका दर्शकले राम्रो भन्नुभएको छ । हामी खुसी छौं ।' 
 
यस फिल्मबाट अभिनेत्री अलिशा शर्माले सम्भावना देखाएकी छिन् । उनको अभिनय र डाइलग डेलिभरीलाई दर्शकले औधि रुचाएका छन् । अभिनेता सुनिल क्षेत्रीको कामको पनि प्रशंसा भएको छ । यी दुवैको यो फिल्म डेब्यु हो । 
 
सोमवार राजधानीको क्यूज हलमा फिल्म हेर्न पुगेकी बरिष्ठ कलाकार बसुन्धारा भुसालले ‘चिँ मुसी चिँ’ एकपटक हेर्नैपर्ने फिल्म बनेको बताइन् । 'कलाकारको अभिनय, कथावस्तु र निर्देशकको काम अब्बल छ । हाम्रै समाजको कथा फिल्मले बोल्छ । धेरैपछि एउटा असल फिल्म हेर्न पाएँ खुसी छु', उनले भनिन् । 
 
उक्त फिल्ममा निर्देशक श्रेष्ठको काम परिपक्क देखिन्छ । यसअघि उनले 'सकुन्तला' लगायतका फिल्म निर्देशन गरेका थिए । ‘चिँ मुसी चिँ’ को कमजोर पक्ष भनेको छायांकन हो । छायाँकार बासु न्यौपानेले आफ्नो काम देखाउन चुकेका छन् । 
 
 
यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । 
 
‘चिँ मुसी चिँ’ मा सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको पनि अभिनय छ । 
Most Visited News (monthly)