Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/30
सुपरहिट सिरिज ‘छक्का पञ्जा’ को तेस्रो शृंखलाको पहिलो गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । स्वर डेभिड शंकर र विन्दु परियारको छ । 
 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइराला नाचेका छन् ।
 
गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् । यस सिरिजका 'पुर्व पश्चिम रेल', 'देखन चम्पा', 'ए दाजु', 'म यता किनारामा' गीत सर्वाधिक हिट छन् । 
 
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत पनि पहिलाको झैँ लोक लयमा तयार पारिएको छ । राजेन्द्र थापाका शब्द रमाइला छन् । दीपक शर्माको संगीत उत्कृष्ट छ । गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर गज्जबको छ । 
 
यो फिल्ममा दीपकराजको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिएको छ । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत यसपटक सार्वजनिक गीतमा मात्र सिमित भएकी छन् । 
 
दशैंमा रिलिज हुने यस फिल्मको दुई सिरिज बक्सअफिसको खातामा सर्वाधिक कमाउने फिल्मको लिस्टमा सामेल छन् । तेस्रो शृंखलाले कस्तो रिजल्ट ल्याउँला ? हेर्न बाँकी छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)