शुक्रवारबाट प्रदर्शनमा आएको लभस्टोरी फिल्म ‘रोमियो एण्ड मुना’ को अल नेपालको व्यापार औसत भएपनि हेरेका दर्शकले नराम्रो बोलेका छैनन् । समीक्षकबाट पनि तारिफ पाएको यस फिल्मको आइतवार दिउँसो राजधानीको जय नेपाल हलमा विशेष शोको आयोजना गरिएको थियो ।
.jpg)
फिल्म हेर्ने अधिकांश सेलिव्रेटी थिए । नायिका केकी अधिकारीले ‘रोमियो एण्ड मुना’ को मुक्तकण्ठले प्रशंसा गरिन् । 'यस्ता नेपाली फिल्म विरलै बन्दछन् । फिल्म हेरिरहँदा मेरा आँखा रसाए' अभिनेत्री अधिकारीले भनिन्, 'फिल्ममा बिम्बहरु निकै राम्रोसँग प्रयोग गरिएको छ ।'
नायिका रिमा विश्वकर्माले ‘रोमियो एण्ड मुना’ लाई सरल र सुन्दर लभ स्टोरी फिल्म बताइन् । उनले मुना अर्थात् नायिका सृष्टि श्रेष्ठको खुलेर प्रशंसा गरिन् ।
.jpg)
निर्देशक हेमराज विसीले फिल्मको स्क्रिन प्ले र कलाकारको प्रशंसा गरे । नायक द्वय गौरव पहारी र नाजिर हुसेन, सृष्टिको अभिनयको तारिफ गरेर थाकेनन् ।
‘रोमियो एण्ड मुना’ को विशेष शोमा निर्माता तथा निर्देशक दिपाश्री निरौला, निर्देशक सविर श्रेष्ठ, वरिष्ठ कलाकार लक्ष्मी गिरी, नायिका संचिता लुईंटेल, मिरुना मगर, नायक आर्यन अधिकारी लगायत सहभागी थिए ।
.jpg)
नरेश कुमार केसी निर्देशित यस फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठले शिर्ष भूमिका निभाएका छन् भने निर्माण प्रशन्न गोपालीले गरेका हुन् । यो फिल्मले शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्छ ।

