Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जय शम्भु’ ट्रेलर रिलिज, वर्षाका लागि अनुप र प्रशान्तको टकराव

फिल्मीखबर, काठमाण्डौ, 2018/07/29
अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर फिल्म ‘जय शम्भु’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देख्न सकिन्छ । 
 
 
२ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । रुपेश तामाङ निर्देशित यो फिल्म काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको हो ।
 
लभस्टोरी एक्सन जनरामा निर्मित उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । 
 
राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका प्रस्तुतकर्ता दिनेश शाही हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)