Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘टिनएज’ निर्देशकको गुनासो- ‘मलाई हेपियो’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/29
एक दशक लामो नृत्य निर्देशनको अनुभवलाई सर्टिफिकेट मान्दै कोरियोग्राफर दिनेश पाख्रिनले पहिलो पटक निर्देशनमा हात हालेको फिल्म ‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
यसअघि पुराना कलाकारलाई लिएर फिल्म निर्माण गरेपनि यस फिल्ममा उनले अधिकांश नयाँ कलाकार लिएका छन् । विगतमा भन्दा यसपटक फिल्म चलाउन अनेकन कष्ट झेल्नु परेको उनको भनाई छ । 
 
उनले भने, 'फिल्मको कथाले टिनएज देखिने कलाकार खोज्यो त्यसैले नयाँ अनुहार राखेँ । नयाँ कलाकार भएपनि सबैले आ-आफ्नो तर्फबाट उत्कृष्ट काम गरेका छन् ।' यो फिल्मलाई निर्देशक स्वंमले वितरण गर्दैछन् । 
 
 
गत असोजमा रिलिज गर्ने भन्दै प्रचार-प्रसारमा लाखौं रुपैयाँ खर्च गरेपनि वितरकको लापर्वाहीका कारण आफूलाई ठूलो घाटा भएको उनले गुनासो पोखे । निर्देशक पाख्रिन फिल्म रिलिजपछि सबैको घमण्ड तोडिने ठोकुवा गर्छन् । फिल्म वितरणमा उनलाई सरोज शर्माले साथ दिएका छन् । 
 
‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । 
 
विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको फिल्ममा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।
 
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
Most Visited News (monthly)