नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी छन् । दशैंपछि फ्लोरमा जाने यस फिल्ममा उनी डान्स टिचरको भूमिकामा देखिनेछिन् ।
अभिनेत्री ढुंगाना स्क्रिप्ट उत्कृष्ट लागेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी भन्छिन्, ‘विषय वस्तुसँगै भूमिका पनि राम्रो पाएँ अनि फिल्म साइन गरेको हुँ । भूमिका च्यालेन्जिङ्ग छ । केहि समयपछि डान्सको ट्रेनिङ्ग पनि लिँदैछु ।’
.jpg)
‘साइनो’ लाई रमेश थापाले निर्देशन गर्नेछन् । फिल्ममा नायिका मिरुना मगर र नव कलाकार राजकुमारको पनि प्रमुख भूमिका रहनेछ । यसमा अभिमन्यू निरवी र रामशरण कोइरालाको लेखन छ ।
अभिनेता भुवन केसी, डेनी डेञ्जोङ्गपा, तृप्तिको प्रमुख भूमिका रहेको दशक अगाडिको सुपरहिट फिल्म ‘साइनो’ बाट ‘आमा’ अभिनेत्रीले नाम सापटी लिएका हुन् । उगेन छोपेलले यसको निर्देशन गरेका थिए ।

