साउन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कहिँ कतै’ बाट डेब्यु गरेका दुई लिड कलाकार हुन् - सिवानी गिरी र सोनम बरफुङ्गपा । सिवानी, अभिनेत्री तथा निर्माता उमा 'बेबी' गिरीकी छोरी हुन् भने सिक्किम निवासी सोनमको फिल्मी ब्याकग्राउन्ड छैन् ।
.jpg)
फिल्ममा यी दुईको जोडी बाँधिएको छ । पछिल्लो समय नयाँ कलाकारहरुले नेपाली फिल्ममा वर्चश्व जमाइरहँदा सोनम र सिवानी पनि आफूहरुको फिल्मी यात्रा सुखद रहनेमा विश्वस्त छन् । सविर श्रेष्ठ निर्देशित उक्त फिल्मलाई उमाले निर्माण गरेकी हुन् ।
मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप समेत रहेकी नव-अभिनेत्री सिवानीले फिल्ममा आउनु आफ्नो लागि 'सपना' रहेको बताइन् । उनी भन्छिन्, 'सानैदेखि मलाई हिरोइन बन्ने चाहना थियो । ममी पनि यही क्षेत्रमा भएका कारण मलाई यो फिल्डमा आउन खासै गाह्रो भएन । अब आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्छु ।'
उनलाई अचेल धेरैले आफ्नै ब्यानरबाट फिल्ममा डेब्यु गर्नुको कारण सोधिरहेका छन् । सिवानी एउटा कलाकारको मुल्यांकन ब्यानरबाट नभएर अभिनयबाट हुने तर्क राख्छिन् । 'म आफूमाथि भन्दा पनि दर्शकमाथि डिपेन्ट हुन चाहन्छु । दर्शकले ब्यानर हेर्नुहुन्न अभिनय हेर्नुहुन्छ', उनले भनिन् ।
.jpg)
उनी ‘कहिँ कतै’ मा आफूले 'इनोसेन्ट' युवतीको भूमिका निर्वाहा गरेको बताउँछिन् । 'मैले फिल्ममा जति दिन सक्थे त्यति दिएको छु जस्तो लाग्छ' उनले अगाडि भनिन्, 'मैले वर्कशप पनि गरिनँ तर पनि राम्रो काम दिएको छु जस्तो लाग्छ ।'
सिक्किम प्रदर्शनमा दर्शकबाट सुखद प्रतिक्रिया पाएको फिल्म ‘कहिँ कतै’ नेपाल रिलिजको संघारमा रहँदा नव-अभिनेता सोनम बरफुङ्गपा अब नेपाली फिल्ममा नै आफ्नो भविष्य बनाउने सोचमा छन् । उनी भन्छन्, 'राम्रो काम दिने कोशिश गरेको छु । डेब्यु फिल्म भएका कारण डर र उत्साह दुवै छ । अब दर्शक प्रतिक्रिया जान्न इच्छुक छु ।'
दीलिप रायमाझी, उमा 'बेबी' गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहिँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।
.jpg)
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

