Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरेली दर्शक फकाउँदै आर्यन-साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2018/07/29
चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी 'हटकेक' साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ साउन १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । गीतसंगीत र ट्रेलरले फिल्मप्रति कौतुहलता जगाइरहँदा निर्माण टिमले आफ्नो प्रचारलाई पनि आक्रामक बनाइरहेको छ । 
 
 
म्यूजिकल लभस्टोरी जनरामा निर्मित यस फिल्मको टिम पोखराबासीलाई फिल्मको विषयमा जानकारी गराउन पोखरा पुगेको छ । शनिवार अभिनेता सिग्देल र अभिनेत्री साम्राज्ञी फिल्मको प्रचारका लागि आयोजना गरिएको बाइक र्‍यालीमा समेत सहभागी भएका थिए । 
 
बाइक र्‍याली पश्चात् आयोजना गरिएको पत्रकार भेटघाटमा आर्यनले ‘कायरा’ लभस्टोरी फिल्म रहेको बताए । उनले भने, 'फिल्ममा अन्य सामाजिक सन्देश पाउनुभन्दा पनि मनोरञ्जन भरपुर पाउनुहुन्छ । यदि तपाईलाई प्रेमकथा मनपर्छ भने ‘कायरा’ ले मनछुन सक्छ ।' 
 
अभिनेत्री साम्राज्ञीले आर्यनसँग काम गर्न पाउँदा रमाइलो महशुस भएको बताइन् । उनी भन्छिन्, 'फिल्मको स्क्रिप्ट सुन्दा नै म गहभरी भएको थिएँ । स्क्रिप्ट अनुसार नै फिल्म बनेको छ । पोखरा प्रेमील शहर भएका कारण फिल्मलाई पोखराबासीहरुले पनि मनपराउनुहुन्छ भन्नेमा ढुक्क छौ ।' 
 
यस्तै, निर्देशक लक्ष्मण रिजालले एकपटक हलमा गएर फिल्म हेरिदिन आग्रह गरे । यो फिल्म अभिनेता आर्यन सिग्देलको होम प्रोडक्शनमा निर्माण भएको हो । फिल्मको कथा उनी स्वयंले लेखेका हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । 
 
 
कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । 
 
यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।
Most Visited News (monthly)