Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

अहिले नै फिल्मको लाइभ डाटा हेर्न असम्भव : मनिष पण्डित

फिल्मीखबर, काठमाण्डौ, 2018/07/28
वर्षौदेखि चुरोटको खोलमा आफ्नो फिल्मको व्यापारको जोडघटाउ लिँदै आएका नेपाली फिल्मका निर्माताहरुले साउन १ गतेबाट राजधानीका २० हलमा बक्सअफिस लागू भएपछि राहत महशुस गरेका छन् । 
 
अब निर्माताहरु हलवाला र वितरकको ठगाईमा नपर्नेमा विश्वस्त छन् । राजधानीमा बक्सअफिस लागू भएपनि उपत्यका बाहिर भने यो वर्षको आर्थिक मसान्त ०७५/७६ भित्र लागू गर्ने सरकारको तयारी छ । 
 
हल सञ्चालकको विरोधका कारण वर्षौदेखि नारामा मात्र सिमित भएको बक्सअफिसको अहिले पनि हलवाला र वितरकले प्रशंसा गर्न सकेका छैनन् । कोहि बक्सअफिस आफ्नो पहलमा लागू भएको भन्दै सामाजिक सञ्जालमा रोइलो गरिरहेका छन् त कति निर्मातालाई यसले फाइदा नपुग्ने बताइरहेका छन् । 
 
उता बक्स अफिस प्रणाली लागू भएपनि निर्माताहरुले आफ्नो फिल्मको लाइभ डाटा हेर्न नपाएको गुनासो छ । आखिर के जटिलता हो ? बक्सअफिसका सुरुवाती अप्ठ्याराहरु के कस्ता छन् ? यस विषयमा बक्सअफिसका कन्सल्टेन्ट मनिष पण्डितसँग फिल्मीखबर डटकमले कुराकानी गरेको छ । 
 
 
१. बक्सअफिसको विज्ञको रुपमा तपाईले काम गरिरहँदा यसका अप्ठ्याराहरु के रहेछन् ? 
 
अप्ठ्याराभन्दा पनि चुनौतीहरु बढी छन् । पहिलो पटक 'इम्प्लिमेन्ट' हुन लागेका कारण थिएटरको पाटोमा 'स्किल ह्यूमन रिसोर्सेज' लाई ट्रेन्ड गर्न केहि गाह्रो भएको थियो । नयाँ भएका कारण सिस्टममा वर्कआउट गर्न र धेरै थिएटरलाई एउटै सर्भरमा जोड्नु पर्ने भएका कारण केहि कठिन भएको थियो । 
 
२. फिल्मको रिपोर्टलाई लिएर निर्माताहरुले कति अप्ठ्यारो पारेका छन् ? 
 
म जबदेखि टिममा आए तबदेखि निर्माता/हलवालाहरुबाट अप्ठ्यारो नभएर सहयोग पाइरहेको छु । यो कुरालाई सफल बनाउनका लागि सबै लाग्नु भएको छ । टाइम-टाइममा हलवालाहरुलाई बोलाएर छलफल गरिरहेका छौं । 
 
थिएटरमा सिस्टर राखिसकेपछि कार्यन्वयनमा के कस्ता समस्याहरु आइरहेका छन् भन्ने विषयमा हामीले हरेक दिन नै 'एड्रेस' गर्दै लगिरहेका छौं । 
 
३. केहि निर्माताहरु सामाजिक सञ्जालहरुमा रोइलो गरिरहेका छन् । फिल्मको रिपोर्ट सही आउँदैन, ढिला आउँछ, लाइभ आउँदैन, हामीले जे सोचेका छौं त्यो हुँदै होइन बक्सअफिस भन्दै रोइकराई गरिरहेका छन् । के साच्चै यस्तै हो ? 
 
एउटा 'स्कोट वर्कआउट' गरेका छौं हामीले । त्यो वर्कआउट चाहिं हामीले कहिलेसम्म 'इम्प्लिमेन्ट' गरिसक्छौं भन्ने कुरा हो । साउन १ गते हामीले लाइभ गर्‍यौं । हामीले सबै थिएटरबाट डाटा पाउन थाल्यौं । अहिले हामी डाटा टेस्टिङ प्रक्रियामा छौं । 
 
डाटा टेस्टिङ प्रक्रिया अझै केही हप्ता गर्छौँ । विभिन्न फेजबाट हामीले डाटा टेस्ट गरिरहेका छौं । सबैभन्दा ठूलो कुरा भनेको बक्सअफिस लगाइसकेपछि डाटा नै सबैभन्दा ठूलो कुरा हो । हामी अहिले डाटा सही हो वा होइन भन्ने परिक्षण गरिरहेका छौं । 
 
अहिले निर्माताहरुले शो सकिएपछि राजधानीका २० थिएटरको कलेक्सन रिपोर्ट थाहा पाउन सक्छन् । अब विस्तारै हामी त्यसलाई रियल टाइममा कसरी लैजान सक्छौं भन्ने वर्कआउट गरिरहेका छौं । 
 
हाम्रो इन्फास्ट्रकचर पनि राम्रो हुनु पर्छ, विजुलीकोको ब्याकअप, थिएटरमा इन्टरनेटको सुविधा पनि अत्यन्त आवश्यक पर्दछ । यी सबै भए र हाम्रो तयारी अनुसार अगाडि बढे केहि महिनाभित्रै हामीले रियल टाइम डाटा निर्माताहरुलाई देखाउन सक्छौं ।
 
फिल्मको टिकट कति विक्रि भयो भनेर लाइभ हेर्न चाहिं अहिले मिल्दैन । अहिले हामी टेस्टमै छौं । अबको २ महिनामा यो पनि सम्भव हुन्छ ।  
 
 
४. तपाईले बक्सअफिसको विज्ञको रुपमा ड्यासबोर्ड चलाइरहँदा नेपाली होस् वा अन्य भाषाका फिल्मको व्यापार हेरेर सन्तुष्ट हुनुहुन्छ ? 
 
म पनि एक फिल्ममेकर्स भएका कारण त्यति सन्तुष्ट चाहिं छैन । फिल्महरुले अझै राम्रो गर्नुपर्छ । थिएटर, निर्माता र सिंगो फिल्म क्षेत्र नै बलियो हुनका लागि अझ राम्रो हुन आवश्यक छ । तर, साउन १ गतेबाट नेपाली फिल्मको व्यापार हेर्दा सन्तुष्ट नभएपनि आश गर्ने ठाउँ भने छ । 
 
५. तपाई बक्सअफिसको 'वान म्यान आर्मी' को रुपमा खटिरहनु भएको छ । चलचित्र विकास बोर्डले यसमा ध्यान नदिएको हो ? राज्यले वेवास्था गरेको हो वा तपाई आफैंलाई म एक्लैले चलाउन सक्छु भन्ने लागेर हो ? 
 
त्यस्तो होइन । यो टिमवर्क हो । धेरै अगाडिदेखि बक्सअफिस लागू गर्ने भनेर कति व्यक्तिहरु लागीपर्नु भएको थियो । बक्सअफिस लागू भएको दिन पनि चलचित्र विकास बोर्डका सदस्यहरुले मलाई सहयोग गर्नुभएको थियो । 
 
सबैबाट सहयोग त छ तर सरकारी काममा प्रोसेस अगाडि बढ्नका लागि विभिन्न स्टेपहरु हुँदो रहेछ । यत्रो सिस्टम 'इम्प्लिमेन्ट' गर्नका लागि हामीलाई जनशक्ति अझै चाहिन्छ । 'इनहाउस' पनि हामीलाई प्राविधिकहरु चाहिरहेको छ । 
Most Visited News (monthly)