
बलिउडदेखि हलिउडसम्म आफ्नो यात्रा तय गरिसकेकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी सिंगर निक जोनाससँग इन्गेजमेन्ट गरिसकेको खबर बाहिर आएको छ । यी दुई निकै लामो समयदेखि डेट गरिरहेका थिए ।
प्रियंका र निकले १८ जुलाईमा लण्डनमा इन्गेजमेन्ट गरेका थिए, जसको कसैलाई अत्तोपत्तो थिएन । प्रियंकाले हालैमा आफ्नो ३६ औं जन्मदिन मनाएकी थिइन् र सोही अवसरमा उनले इन्गेजमेन्ट गरेकी हुन् ।
जोनासले न्यूयोर्क शहरको टिफनी स्टोरबाट इन्गेजमेन्टका लागि औँठी खरिद गरेका थिए । पीपुल डटकमका अनुसार, अहिले दुवै निकै खुसी छन् । निकका साथी र परिवारले उनलाई अहिलेसम्म यति खुसी कहिल्यै देखेका थिएनन् । उनी (निक) वास्तवमै प्रियंकालाई लिएर सिरियस छन् ।
यी दुईको विवाहको खबर तबदेखि आउन थालेको थियो जब प्रियंकाले निकलाई भारत लिएर आएकी थिइन् । मुम्बईमा प्रियंकाले आफ्नी आमासँग निकलाई भेट गराएकी थिइन् । यसपछि परिवार र इन्डस्ट्रीका केहि विशेष व्यक्तिहरुसँग पनि प्रियंकाले निकलाई परिचय गराएकी थिइन् ।

चाँडै गर्दैछन् विवाह
चाँडै अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनास विवाह गर्दैछन् । विवाहका लागि प्रियंकाले सलमान खानको फिल्म 'भारत' समेत छाडिसकेकी छन् । शुक्रवार भारतका निर्देशक अली अब्बास जफरले सोसल मिडियामार्फत् प्रियंकाले विशेष कारणले फिल्म छाडेको बताएका छन् ।
फिल्म छाडेपछि उनले विवाह गर्न लागेको अडकल लगाउन सुरु भएको छ । अली अब्बास जफरले ट्वीट गर्दै लेखेका छन्, ‘हो, प्रियंका चोपडा अब भारतको हिस्सा रहिनन् । उनले यस्तो गर्नुको पछाडि निकै स्पेशल कारण छ । प्रियंकाले हामीलाई आफ्नो फैसला निकै कम समयमा बताइन् र त्यो सुनेपछि हामी निकै खुसी छौं । भारतको पूरा टिमको तर्फबाट प्रियंकालाई शुभकामना ।’

कसरी भएको थियो प्रियंका र निकको भेट ?
रिपोर्टसका अनुसार, प्रियंका चोपडाको निक जोनाससँग भेट आफ्नो शो ‘क्वान्टिको’ को सेटमा भएको थियो । एक कमन फ्रेन्डले उनीहरुलाई इन्ट्रोड्यूस गराएका थिए ।
गएको वर्ष पहिलो पटक यी दुई मेट गाला इभेन्टको रेड कार्पेटमा सँगै देखिएका थिए । त्यहाँ यी दुईको तर्फ अटेन्शन यसकारण पनि गयो कि किनकी, पहिलो पटक दुवै हातमा हात बाँधेर देखिएका थिए ।
अचानक केहि दिन अगाडि प्रियंका र निक जब डेट गर्न एक रेस्टुरेन्टमा गएका थिए त्यसबेला दुवैको एक तश्बिर बाहिर आएको थियो । यसपछि यी दुई अफेयरमा रहेको खबर आउन लागेको थियो । यसको केहि दिनपछि निकले प्रियंकालाई आफ्नो फेमिलीसँग भेट गराएका थिए ।
निकलाई पनि आफ्नो फेमिलीसँग भेट गराउनका लागि प्रियंकाले उनलाई भारत लिएर आएकी थिइन् । त्यसबेला निकले उनको फेमिलीसँग डिनर पनि गरेका थिए । साथै, परिणीति चोपडा र आलिया भट्ट जस्ता विशेष व्यक्ति पनि निकलाई भेट्न पुगेका थिए ।
अब इन्गेजमेन्टको खबर बाहिर आएसँगै विवाहको अडकल सुरु भएको छ । दुवैको उमेरमा करीब ११ वर्षको अन्तर छ । अब फ्यानलाई यो पलको प्रतिक्षा रहनेछ जब यी दुई स्टार्स आफैं इन्गेजमेन्ट र विवाहको खबरमा लालमोहर लगाउनेछन् ।

