Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झमक बहादुर’ को ‘मृग नयनी’ सार्वजनिक (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/27
साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को अफिसियल गीत सार्वजनिक भएको छ । ‘मृग नयनी...’ बोलको रोमान्टिक गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापा फिचरिङ छन् । 
 
 
मेलिना राई र ओम सुनारको स्वर रहेको गीतमा शब्द तीर्थ दामली टुप्पीले लेखेका हुन् । जीवन थापाको कोरियोग्राफी रहेको गीतको छायांकन चितवन, पोखरा, काठमाण्डौलगायतका स्थानहरुमा गरिएको छ । 
 
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताए । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । 
 
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । 
 
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो फिल्म खिचेका हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)