Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेरी मामु’ को शिर्ष गीत रिलिज, आमाको यादमा तड्पिए आयुव

फिल्मीखबर, काठमाण्डौ, 2018/07/27
'प्रेमगीत' सिरिजका निर्माता सन्तोष सेनले निर्माण गरेको नयाँ फिल्म ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा निर्माता सेनका ६ वर्षिय छोरा आयुव सेन फिचर्ड छन् । 
 
 
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा रोहित जोन क्षेत्रीको आवाज छ भने कल्याण सिंहको संगीत तथा रवी मल्लले शब्द लेखेका छन् । गीतमा आयुवको आमाप्रेम पोखिएको छ । 
 
 
यो फिल्ममा कुसुम गुरुङले आयुवकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् । 'प्रेमगीत २' फेम्ड अभिनेत्री अश्लेषा ठकुरीको पनि उक्त फिल्ममा प्रमुख भूमिका छ । 
 
 
निर्माता सेनले फिल्मले एक बालकको आमाप्रतिको माया बोल्ने बताए । उनले भने, 'आसुसेन फिल्मसले फरक धारमा पनि फिल्म बनाउनु पर्छ भन्ने उद्देश्य अनुरुप 'मेरी मामु' मा फरक विषयवस्तु उठान गर्ने प्रयास गरेका छौं ।' उनले फिल्म बाल मनोविज्ञानमा आधारित रहेको बताए । 
 
 
यम थापाको लेखन र निर्देशन रहेको यो फिल्म भाद्र १५ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । फिल्मलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘मेरी मामु’ मा एलिस कार्कीको पाश्र्व संगीत छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)