Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘चिँ मुसी चिँ’ भर्सेज ‘रोमियो एण्ड मुना’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/27
गएको वर्ष हलमा लागेको फिल्म ‘शत्रु गते’ पछि नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको अवस्थामा यस हप्ताको शुक्रवार आश गरिएका दुई नयाँ फिल्मले प्रदर्शन थालेका छन् । फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि ‘चिँ मुसी चिँ’ र ‘रोमियो एण्ड मुना’ ले बक्सअफिसमा भिडन्त प्रारम्भ गरेका छन् । 
 
दुवै फिल्म फरक जनराका हुन् । दिनेश श्रेष्ठ निर्देशित ‘चिँ मुसी चिँ’ म्यूजिकल थ्रिलर जनराको फिल्म हो भने नरेश कुमार केसीको ‘रोमियो एण्ड मुना’  ले लभस्टोरी कथा वाचन गर्छ । 
 
‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । 
 
 
यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् । 
 
अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
 
यता ‘रोमियो एण्ड मुना’ मा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको प्रमुख भूमिका छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।  
 
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
Most Visited News (monthly)