Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपले ‘धुर्मुस-सुन्तली’ को फिल्म गर्लान् कि ‘महजोडी’ को ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/26
अभिनेता प्रदीप खड्का डिमाण्डेड छन् । उनलाई लिएर निर्माता-निर्देशक फिल्म बनाउन हानाथाप गरिरहेका छन् । प्रदीपलाई लिएपछि लगानी सुरक्षित हुने सोच उनीहरुमा छ । 'प्रेमगीत' बाट रातारात चम्किएका उनी पछिल्लो रिलिज फिल्म 'लिलिबिली' सम्म आइपुग्दा 'स्टार' बनिसकेका छन् । 
 
अचेल उनी फिल्म 'रोजी' मा व्यस्त छन् । यो फिल्म भाद्र २२ मा आउने चर्चा छ । हाल 'लिलिबिली' प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका उनीसँग दुई बिग ब्यानरका फिल्म हातमा आइपुगेका छन् । 
 
‘धुर्मुस-सुन्तली’ (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ र ‘शत्रु गते’ टीम अर्थात् किरण केसी र ‘महजोडी’ ले निर्माण गर्न लागेको फिल्म ‘दाल भात तरकारी’ बाट उनलाई अफर पुगेको छ । 
 
 
उनी दुई फिल्ममध्ये कुन गर्ने दोधारमा छन् । दुवै फिल्मको कन्सेप्ट अभिनेता खड्काले सुनिसकेका छन् । दुवै फिल्मको थिमले उनलाई पगालेको छ तर, कुन साइन गर्ने ? अझै पनि अन्योलमा छन् । 
 
फिल्मीखबरसँगको अनलाइन गफमा प्रदीपले नेपाल फर्केपछि निर्णय लिने बताए । उनले भने, 'कुन गर्ने अहिले नै तय गरिसकेको छैन । दुईटामा एउटा गर्ने प्लान छ । अब नेपाल आएपछि निर्णय लिनेछु ।' 
 
अहिले ‘एन्टीभाइरस’ र ‘दाल भात तरकारी’ को स्क्रिप्टको काम चलिरहेको छ । अब यी दुई फिल्ममध्ये प्रदीपले कुन फिल्म रोज्लान् ? सबैका लागि चासोको विषय बनेको छ । दुई फिल्ममध्ये जुन रोज्दा पनि उनका लागि फाइदाजनक हुने देखिन्छ । 
 
अहिले अभिनेता प्रदीप खड्काको हातमा लगातार फिल्म छन् । 'रोजी' पछि उनले नयाँ फिल्म 'लभ स्टेशन' को सुटिङ ज्वाइन गर्नेछ । यो फिल्मको छायांकन भ्याएपछि मात्र उनले अन्य फिल्मलाई समय दिनेछन् । 
Most Visited News (monthly)