Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फस्टलुकसँगै ‘रेनी’ रिलिज डेट कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2018/07/26
अभिनेता सरोज खनाल स्टारर फिल्म ‘रेनी’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म भाद्र ८ गतेबाट प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा 'नाईं नभन्नू ल ५' पनि प्रदर्शनमा आउँदेछ ।
 
त्रिकोणात्मक प्रेमकथानक ‘रेनी’ मा सरोजका अलावा सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव-नायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । 
 
 
गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नव-नायिका सनमले लेखेकी हुन् । फिल्म निर्माणमा बिमला मल्ल र संजिव मल्लले सहकार्य गरेका छन् । काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको फिल्म एक्शन, लभ, कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् । 
 
जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । 
Most Visited News (monthly)