Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पण्डित बाजेको लौरी’ को प्रदर्शन रोक्न बादी समुदायको चेतावनी

फिल्मीखबर, काठमाण्डौ, 2018/07/25
हाल प्रदर्शनरत फिल्म ‘पण्डित बाजेको लौरी’ को प्रदर्शन तत्काल रोक्न राष्ट्रिय बादी परिषद्ले चेतावनी दिएको छ । नेपालगञ्‍जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले फिल्ममा बादी समुदायलाई ‘होच्याउने’ शब्दहरु प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । 
 
 
फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ । 
 
परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, 'बादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।' 
 
परिषद्का महासचिव सुकलाल नेपाली (बादी) ले २०६५ पौष २३ गते नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषण अन्त्य भएको घोषणा गरिसकेको जानकारी दिए । 
 
उनले फिल्म ‘पण्डित बाजेको लौरी’ तत्काल संशोधन नभए विभेदको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी दिएका छन् । 
 
दिपक ओली निर्देशित यस फिल्ममा तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई देखाइएको छ । 
Most Visited News (monthly)