Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इन्टु मिन्टु लण्डनमा’ गीत रिलिज, यूकेमा धिरज र साम्राज्ञीको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/07/25
चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । 'उडायो हावाले...' बोलको रोमान्टिक गीतमा हर्कुलस र निकिता थापाको स्वर छ । 
 
नव-अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । यूकेका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा धिरज र साम्राज्ञी दुवै हावाले मन उडाएको कुरा गर्दैछन् । 
 
 
गीतले यी दुईको प्रेमभाव बोल्छ । केहि हप्ता अगाडि सार्वजनिक टीजरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले बुधवार यो गीत इन्टरनेट रिलिज गरेको हो । यस फिल्मको अधिकांश छायांकन यूकेमा भएको छ । 
 
‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । 
 
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । यो फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । 
 
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।  
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)