भाद्र २२ गतेलाई प्रदर्शन मिति तोकिएको लभस्टोरी तथा कमेडी फिल्म ‘सुश्री सम्पत्ति’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । 'हुकुम बक्सियोस्...' बोलको गीतमा मेलिना राई र विशाल राईको स्वर सुन्न सकिन्छ भने सुरेश अधिकारीको शब्द तथा संगीत छ ।
.jpg)
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँगै अभिनेत्री सारा सिर्पाली फिचर्ड छन् । भिडियोमा तीनै कलाकार रोयल लुक्समा प्रस्तुत छन् ।
गम्भिर विष्टको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोमा सलोन ‘राजा’ र सारालाई ‘राजकुमारी’ को पहिरनमा देख्न सकिन्छ । फिल्ममा यो गीत सलोनले सम्झिएका छन् । सुव्रत आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ को 'हुकुम बक्सियोस्...' गीत खिच्न चार दिन लागेको थियो ।
फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । ‘सुश्री सम्पत्ति’ को निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । अर्जुन तिवारीले सिंगो फिल्म खिचेका हुन् ।
गीत हेर्नुहोस् :-

