Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्स गर्लफ्रेन्डका कारण ईशानले गुमाएका थिए ‘स्टूडेन्ट अफ द ईयर २’

एजेन्सी, मुम्बई, 2018/07/25
‘धडक’ फेम्ड अभिनेता ईशान खट्टर अहिले आफ्नो फिल्मका कारण चर्चामा छन् । उनको अभिनयलाई क्रिटिक्सले पनि तारिफ गरेका छन् । ‘धडक’ सँगै ईशान, करण जोहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ मा पनि रोल निभाउने तयारीमा थिए । तर, पछि उनी फिल्मबाट बाहिरिनु पर्‍यो । 
 
मुम्बई मिररको रिपोर्ट अनुसार, ‘स्टूडेन्ट अफ द ईयर २’ बाट डेब्यु गर्न लागेकी तारा सुतारियाको कारण ईशानलाई करणले फिल्मबाट हटाएका थिए, किनकी ईशान र तारा एकसमय रिलेशनसिपमा थिए, तर दुवैको ब्रेकअप भइसकेको छ । 
 
 
करण फिल्ममा दुई स्टार्सको विग्रिएको सम्बन्धको साइड इफेक्ट देख्न चाहँदैन थिए । अन्ततः करणले ईशानलाई फिल्मबाट हटाए । यसपटक करण जोहरका स्टूडेन्ट्स छन् टाइगर श्राफ, अनन्या पान्डे र तारा सुतारिया । तीन स्टूडेन्टमध्ये तारा सुतारिया, करणको नयाँ खोज हो । 
 
‘स्टूडेन्ट अफ द ईयर २’ ताराको डेब्यू फिल्म हो । फिल्मसँगै उनी अहिले एक कारणले खुब चर्चामा छिन् । दिवंगत एक्टर विनोद मेहराका छोरा रोहन मेहरासँग उनको अहिले अफेयर छ । 
 
‘धडक’ कलेक्सन
 
शशांक खेतानको निर्देशनमा बनेको ईशान र स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर स्टारर फिल्म ‘धडक’ ले प्रदर्शनको पहिलो दिनदेखि घरेलू बजारमा सानदार कलेक्सन गरिरहेको छ ।
 
यस फिल्मको कूल बजेट ७० करोड बताइएको छ । फिल्मले बक्सअफिसमा ४० करोडभन्दा बढीको कलेक्सन गरिसकेको छ । 
Most Visited News (monthly)