 (4).jpg)
मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नू ल’ का हरेक सिरिजलाई दर्शकमाझ प्रतिक्षीत बनाउन मद्धत गरेका छन् ।
 (1).jpg)
लगालग ४ सिरिज हिट भएपछि आउँदो भाद्र ८ गते यसको पाँचौ शृंखला प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित ‘नाईं नभन्नू ल ५’ बाट दुई नयाँ कलाकारले डेब्यु गरेका छन् । नव-नायक अभिषेक नेपाल र बाल कलाकारमा सेड्रिना शर्माले यस फिल्मबाट लिड रोलमा ब्रेक पाएका छन् ।
हुनत, यस फिल्मका हरेक सिरिजबाट निर्देशक आचार्यले नयाँ कलाकारलाई लञ्च गर्दै आइरहेका छन् । 'नाईं नभन्नू ल' ले अभिनेता जीवन लुईटेल र अभिनेत्री ऋचा सिंह ठकुरीलाई एउटा उचाई दिलाएको थियो । दोस्रो भागबाट बाल कलाकारमा अनुभव रेग्मी र सुज्ञानी भट्टराई भित्रिए ।
 (3).jpg)
अभिनेत्री वर्षा सिवाकोटीले पनि यही फिल्मबाट डेब्यु गरेकी थिइन् । तेस्रो सिरिजमा अनुभवको जोडी बनेर बाल कलाकार सफलता भट्टराई देखिइन् । चौँथो शृंखलाबाट पल शाह, आँचल शर्मा र वर्षा राउतले एकसाथ डेब्यु गरेका थिए ।
‘नाईं नभन्नू ल ५’ मा नव-नायक अभिषेक नेपालको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ भने फेरि एकपटक अनुभवले पर्दामा नयाँ जोडी पाएका छन् । सेड्रिना शर्मासँग उनले अनस्क्रिन रोमान्स गरेका छन् । फिल्मको ट्रेलरमा अभिषेकको भूमिका सस्पेन्स छ । सेड्रिना भने चुलबुले बालिकाको रुपमा प्रस्तुत छिन् ।
 (2).jpg)
‘नाईं नभन्नू ल ५’ को ट्रेलर रिलिज भएसँगै बाल कलाकार सेड्रिनाको चर्चा सुरु हुन थालेको छ । उनको अभिनयले ट्रेलरबाटै तारिफ बटुलिरहेको छ । उनको सुन्दरताको प्रशंसा गर्नेहरु पनि प्रसस्तै छन् । डेब्यु फिल्म रिलिज नहुँदै उनको भविष्य सुन्दर रहेको आँकलन गर्न थालिएको छ ।
मंगलवार फिल्मको शिर्ष गीत सार्वजनिक कार्यक्रममा उनी आफ्नो परिक्षा सकेर निकै ढिला पुगेकी थिइन् । कालो रंगको पहिरनमा उनको सुन्दरता खुबै खुलेको थियो । सानै उमेरदेखि उनी आफूलाई सुहाउँदो पहिरन छनौट गर्न माहिर देखिएकी छन् ।
 (5).jpg)
जो कोहिंसँग मिठो शैलीमा बोल्न सिपालु सेड्रिना मिडियाको सामुन्ने कुन र कस्ता पोजमा तश्बिर खिचाउने ? पूरै अभ्यस्त भइसकेकी रहेछिन् । फिल्मीखबरका फोटोग्राफर विवेक बस्यालले उनका पाँच फरक पोजका तश्बिर आफ्नो क्यामेरामा कैद गरेका छन् ।

