Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्नुहोस् अनुपको ‘झमक बहादुर’ का गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/07/24
दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी भन्दै चर्को आलोचना भइरहेको साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । 
 
अडियो जुकबक्समा टाइटल गीतसहित 'मृग नयनी' र 'आम्मैले भन्थे धाराको पानी' बोलका गीत छन् । शिर्ष गीतमा भोमन कटुवालको शब्द र ओम सुनवारको संगीत तथा स्वर छ । 
 
 
'मृग नयनी' बोलको गीतमा तिर्थ दमली (टुपी) को शब्द रहेको छ भने ओम सुनवार र मेलिना राईले स्वर छ । गीतमा ओम स्वयंले संगीत भरेका छन् । यस्तै, तेस्रो गीत 'आम्मैले भन्थे' लाई रिमिक्स गरि यस फिल्ममा राखिएको छ । 
 
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । 
 
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । 
 
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । फिल्मको छायांकन पवन गौतमले गरेका हुन् । 
 
अडियो जुकबक्स :-

Most Visited News (monthly)