Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एलियनको कथामा नेपाली फिल्म बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/07/23
एलियनको कथामा निर्माण भएको बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म 'कोई मिल गया' ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । हलिउडको कुरा गर्ने हो भने एलियनको कथामा 'एलियन कोवनेन्ट', 'गार्डियन्स अफ ग्यालेक्सी' जस्ता फिल्म निर्माण भइसकेका छन् । 
 
विश्व बजारमा उक्त कथामा बनेका फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरेका छन् । अब नेपालमा पनि एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । फिल्मको नाम 'एलियन्स' राखिएको छ । 
 
 
लोकनाथ गौतमले निर्देशन गर्ने फिल्मको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् फिल्म निर्माण गर्न लागिएको हो । 
 
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले फिल्मको लागत खर्च अत्याधिक हुने निर्देशक गौतमले जानकारी दिए । 
 
उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ । नेपाली फिल्म पनि स्तरिय बन्नु पर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ उक्त महत्वकांक्षी फिल्म निर्माण गर्ने आँट गरेको निर्देशकले बताए । 
 
कलाकार र बाँकी टिमसहित चाँडै फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । निर्देशक गौतमले यसअघि 'रोमान्स' र 'लभ इज लाइफ' फिल्म निर्देशन र निर्माण गरिसकेका छन् । 
Most Visited News (monthly)