Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मातासँग पैसा उठाउन बर्षालाई भयो गाह्रो

फिल्मीखबर, काठमाण्डौ, 2018/07/23
अभिनेत्री बर्षा राउत डिमाण्डेड छिन् । उनलाई लिएर निर्माता-निर्देशक फिल्म बनाउन लालयित छन् । 'नाई नभन्नू ल ४', 'छक्का पञ्जा', 'जात्रा' जस्ता सुपरहिट फिल्म पश्चात् उनको डिमाण्डसँगै पारिश्रमिक पनि आकाशिएको छ । 
 
 
हालैमा 'चौका दाउ' सकाएकी उनी चाँडै 'जात्रा' को सिक्वेलमा व्यस्त हुँदैछन् । बर्षौदेखि जसरी मोटोपनले उनको भोक निन्द्रा लुटिरहेको छ त्यसरी नै आफूले काम गरेको पारिश्रमिक निर्माताबाट उठाउन पनि उतिक्कै मुश्किल भइरहेको छ । 
 
आइतवार बर्षाले आफ्नो आधिकारिक फेसबुकमा निर्देशक सिमोस सुनवारको एक स्टाटस सापटी लिँदै इन्डष्ट्रीका नाम चलेका फिल्म प्रोड्यूसरबाट पैसा उठाउन गाह्रो भएको दुखेसो पोखेकी छन् । 
 
आफूले माया गर्ने साथी भाईसँग, साथी भाईको अफिससँग, दु:ख पर्दा सापटी दिएको पैसा र इन्डष्ट्रीका नाम चलेको फिल्म निर्माताहरुसँग आफ्नो पैसा उठाउन निकै गाह्रो हुने स्टाटसमा लेखिएको छ । 
 
 
यो स्टाटसबाट स्पष्ट हुन्छ कि अभिनेत्री राउतलाई आफूले काम गरेको र सापटी दिएको पैसा उठाउन निकै सकस भइरहेको छ । बाठी बर्षालाई त आफ्नो पैसा उठाउन गाह्रो भइरहेको छ, यहाँ नयाँ कलाकारको हबिगत त झन् के होला ? 
Most Visited News (monthly)