Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीलाई ‘स्टार’ बनाउन ‘कहिँ कतै’ बनाएको होइन : उमा

फिल्मीखबर, काठमाण्डौ, 2018/07/23
बोल्ड नायिकाको छवि बनाएकी उमा 'बेबी' गिरी अभिनीत तथा निर्मित फिल्म ‘कहिँ कतै’ यही साउन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट उनले आफ्नी छोरी सिवानी गिरीलाई लञ्च गरेकी छन् । 
 
 
मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप सिवानीले यसमा नव-नायक सोनम बरफुङ्गपासँग स्क्रिन साझेदारी गरेकी छन् । सविर श्रेष्ठ यसका निर्देशक हुन् । निर्मात्री तथा अभिनेत्री उमाले ‘कहिँ कतै’ फेमिली लभस्टोरी फिल्म रहेको बताइन् । 
 
उनी भन्छिन्, 'यसमा नयाँ जेनेरेसनको कथा छ । मैले नयाँ र पुराना कलाकारलाई लिएर फिल्म बनाएको छ । मलाई फिल्मबाट फाइदा भन्दा पनि नयाँ कलाकारलाई नयाँ बाटो देखाउने काम गरेको छु ।'
 
 
उनीमाथि छोरीलाई स्टार बनाउन जोखिम उठाएको आरोप पनि लागिरहेको छ । तर, उनी यो कुरामा सहमत छैनन् । उमा थप्छिन्, 'खासमा फिल्मको स्क्रिप्ट चल्दैगर्दा मेरी छोरी यसमा थिइनन् । सिवानीले मिस भारतको उपाधि जितेपछि चाहिं उनलाई किन हिरोइन नबनाउने भनेर छलफल भयो । त्यसपछि उनलाई आफ्नै होम प्रोडक्सनबाट भित्राएको हुँ ।' 
 
उनी सिवानीको डेब्यु फिल्म भएपनि काम नयाँ जस्तो नलाग्ने बताउँछिन् । दीलिप रायमाझी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहिँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।
 
 
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । 
Most Visited News (monthly)