Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजयको फिल्ममा सैफ भिलेन

एजेन्सी, मुम्बई, 2018/07/23
बलिउडका 'सिंघम' स्टार अजय देवगन फिल्म 'तानाजी : द अनसंग वारियर' बनाउँदैछ । यो फिल्मको उनले गएको वर्ष नै घोषणा गरेका थिए । अजयको प्रोडक्सन हाउसमा बन्न लागेको यो सबैभन्दा महंगो फिल्म हुनेछ ।
 
यो फिल्ममा हाई क्वालिटीको भिजुअल इफेक्ट्स हुनेछ, जसका कारण यसको बजेट करीब १५० करोड हुने पूर्वअनुमान गरिएको छ । अजय फिल्ममा तानाजीको भूमिकामा देखिनेछन् । 
 
 
ओम राउतले निर्देशन गर्ने ‘तानाजी’ को कहानी छत्रपति शिवाजी महाराजको कोली सेनाका प्रमुख तानाजी मालुसरेको जीवनको वरिपरि घुम्छ । खबरअनुसार, यस फिल्ममा बलिउड अभिनेता सैफ अलि खान खलनायकको भूमिका देखिने प्रवल सम्भावना छ । 
अजय चाँडै यस फिल्मको छायांकन सुरु गर्दैछन् । फिल्ममा अभिनेत्री काजोलले अजयको श्रीमतीको भूमिका निर्वाहा गर्न सक्ने चर्चा छ । भारतीय मिडियाका अनुसार, खलनायकको भूमिकाका लागि सैफ अलीलाई अप्रोज गरिसकिएको छ । 
 
सैफ यस फिल्ममा उदयभान राठौरको भूमिकामा देखिन सक्छन् । सैफ फिल्म गर्न राजी भए अजय र उनी करीब १२ वर्षपछि एकै फिल्ममा सँगै देखिनेछन् । यसअघि यी दुईले 'कच्चे धागे', 'ओमकारा' जस्ता फिल्ममा काम गरेका छन् । 
Most Visited News (monthly)