फिल्म ‘कथा काठमाण्डू’ को 'रातको कुरा...' बोलको रोमान्टिक गीत इन्टरनेटमा रिलिजसँगै भाइरल भएको छ । आइतवार दिउँसो यो गीत यूट्युबमा रिलिज भएको थियो । इन्दिरा जोशीको स्वर र प्रदीप बाँस्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा उत्तेजक सिन छन् ।

भिडियोको अन्तिम एक मिनेटभरी अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको अन्तरंग दृश्य छ । यसअघि नेपाली फिल्मका गीतको भिडियो यो शैलीमा तयार भएका थिएनन् । सोे भिडियोले अहिले सिनेवृतमा बहस नै सृजना गरेको छ ।
केहिले फरक शैलीको भिडियो भन्दै प्रियंका र प्रमोदको कामको प्रशंसा गरिरहेका छन् भने धेरैले गीतको भिडियोप्रति नकारात्मक टिप्पणी गरेका छन् । गीतबाटै फिल्म एडल्ट रहेको चर्चा समेत हुन थालेको छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक संगीता श्रेष्ठ भन्छिन्, 'यो गीत फिल्ममा किन छ भनेर फिल्म हेरेपछि थाहा पाउनुहुन्छ ।'
उनले गीतमा मेल र भिमेलबीचको रोमान्स नभएर पीडा रहेको बताउँछिन् । उनी थप्छिन्, 'प्रियंका र प्रमोद बीचको यस्ता केहि क्लिप्सहरु छन् जुन हामीले गीतमा उतारेका छैनौँ । तर फिल्ममा उहाँहरु बीचको ती दृश्यले तपाईहरुलाई सक्ड पनि पार्न सक्छ ।'
निर्देशक श्रेष्ठका अनुसार, सार्वजनिक गीतले फिल्मको कथा बोल्छ । 'रातको कुरा...' बोलको गीतलाई यूट्युबमा अधिकांशले नकारात्मक कमेन्ट गरेका छन् । धेरैले गीत तत्काल हटाउनु पर्ने लेखिरहेका छन् भने गायिका इन्दिरा जोशीको पनि चर्को आलोचना भइरहेको छ ।
यूट्युबको कमेन्टमा योजना रेग्मी लेख्छिन्, 'पैसा र चर्चामा आउन जे पनि गर्ने ? यो भिडियोबाट कसले के सिक्ने ? न सुर र न गीतको ताल छ, न लय राम्रो छ, न भिडियो राम्रो छ ।' गोकुल राउतले प्रियंकालाई अभिनय भन्दैमा जे पनि नगर्न सुझाब दिएका छन् ।
(1).jpg)
रोचक कुरा त भिडियोको कमेन्ट बक्समा धेरैले अभिनेता आयुष्मान देशराज जोशीको रियाक्सन बुझ्न खोजेका छन् । कमेन्टमा विवेक राजभण्डारी लेख्छन्, 'आयुष्मानको गएन त आधा जिन्दगी खेर ।' उता शंकर फुँयाल आयुष्मानले भिडियो कसरी हेर्छन् होला ? भन्दै चिन्ता व्यक्त गरेका छन् ।
लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानले गएको हप्ता औँठी साटासाट गरेका थिए । जसले गर्दा सार्वजनिक भिडियोमा प्रमोदसँगको इन्टिमेट सिनका कारण आयुष्मानको बारेमा चासो र चिन्ता हुनु स्वभाविकै हो । अझ् यस फिल्ममा रियल जोडीको नै लिड रोल छ । असोज १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
गीत हेर्नुहोस् :-

