Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकलाई ‘चिँ मुसी चिँ’ को कन्सर्ट हेर्न पानीले रोकेन

फिल्मीखबर, काठमाण्डौ, 2018/07/22
यही साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ टीम राजधानी फिरेको छ । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौलीमा सांगीतिक कन्सर्ट भ्याएर कलाकारसहितको जम्बो टीम काठमाडौं फर्किएको हो । 
 
 
राजधानी फर्किएसँगै शनिवार नयाँ बसपार्कमा रहेको बिजी मलको अगाडि भब्य कन्सर्ट समेत आयोजना गरिएको छ । कन्सर्ट सुरु भएपछि मुसालधारे पानी परेको थियो । तर, सयौँ दर्शकहरुले छाता छोडेरै ‘चिँ मुसी चिँ’ का कलाकारहरुको दमदार नृत्य हेर्न छाडेनन् । 
 
दर्शकको फिल्मप्रति देखिएको चासो देखेर आफू उत्साहित भएको निर्देशक दिनेश श्रेष्ठले बताए । उनी भन्छन्, 'मोफसलका प्रमुख शहरमा हामीले सफलतापूर्वक कन्सर्ट सकेर राजधानी फिर्‍यौँ । दर्शकबाट फिल्म हेर्न आतुर रहेको प्रतिक्रियाले हामीलाई ठूलो उर्जा लिएको छ । राजधानीमा पनि दर्शकको प्रतिक्रियाले थप उत्साहित बनाएको छ ।' 
 
 
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
 
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
Most Visited News (monthly)