Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कथा काठमाण्डू’ को गीतमा प्रियंका र प्रमोदको इन्टिमेट सिन

फिल्मीखबर, काठमाण्डौ, 2018/07/22
असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक भएको छ । 'रातको कुरा...' बोलको गीतमा गायिका इन्दिरा जोशीले स्वर भरेकी छन् । 
 
 
प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायिका जोशी पनि देखिएकी छन् । भिडियो निकै फरक शैलीमा तयार पारिएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी फिचर्ड भिडियोमा यी दुईले भरपुर इन्टिमेट सिन दिएका छन् ।  
 
संगीता श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाण्डू’ को यो गीतमा निर्देशक स्वयंको कोरियोग्राफी छ । उनको कोरियोग्राफी भल्गर लाग्दैन । कलात्मक रुपमा प्रियंका र प्रमोदलाई भिडियोमा उतार्न उनी सफल छिन् । गीतले साँझ हुने राजधानीको बेथिती बोल्छ । 
 
आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठले गीतमा प्रियंका र प्रमोदलाई खुल्न गाह्रो नभएको बताइन् । उनी भन्छिन्, 'हामी पहिला नै यसका लागि तयार थियौं । त्यसैले कुनै असहज भएन । यो गीतले फिल्मको मुल कथा बोल्छ ।' 
 
‘तीन भिन्नभिन्न कथालाई बुनेर एउटा सिंगो कथा बनाइएको छ, ती कथाहरू आपसमा अन्तरसम्बन्धित पनि छन्,’ उनले थपिन् ।
 
 
फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)