Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा आमने-सामने हुँदै कंगना र ऋतिक

फिल्मीखबर, काठमाण्डौ, 2018/07/22
बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशनबीचको निजी जिन्दगीलाई लिएर मच्चिएको घमासान त यादै होला । अब बलिउडका यी दुई ठूला स्टार चाँडै एकपटक फेरि आमने-सामने हुने भएका छन् । 
 
यो भिडन्त यसपटक पर्सनल नभई बक्सअफिसमा हुने भएको छ । ऋतिक रोशन चाँडै बिहारको गणितज्ञ आनन्द कुमारको बायोपिक 'सुपर ३०' मा देखिँदैछन् । यो फिल्मको रिलिज डेट अर्को वर्षको २५ जनवरीलाई तय गरिएको छ । 
 
 
अब यो मितिमा कंगना रनौतको सबैभन्दा ठूलो प्रोजेक्ट 'मणिकर्णिका : द क्‍वीन अफ झांसी' आउने पक्का भएको छ । 'मणिकर्णिका' अर्को वर्षको २५ जनवरीमा रिलिज हुँदैछ । 
 
झांसीकी रानी लक्ष्‍मीबाईमा आधारित यो फिल्ममा कंगना, लक्ष्‍मीबाईको भूमिकामा देखिँदैछिन् । सुरुवातमा यो फिल्म यस वर्षको २५ अप्रिलमा रिलिज हुने बताइएको थियो । यसपछि यो फिल्म १५ अगस्टमा रिलिज हुने चर्चा थियो । 
 
तर, अब जी स्‍टूडियो र प्रोड्यूसर कमल जेनले यो फिल्मको रिलिज आउँदो गणतन्त्र दिवसमा रिलिज गर्ने फैसला गरेका छन् । हालैमा यस फिल्मको टीजर रिलिज डेट घोषणा गरिएको थियो । यो फिल्मको टीजर १५ अगस्टमा सार्वजनिक हुँदैछ ।  
Most Visited News (monthly)