Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मुन्नाभाई’ को तेस्रो सिरिजमा अरशदको ठाउँमा रणबीर ?

एजेन्सी, मुम्बई, 2018/07/21
'सञ्जू' मा बलिउड सुपरस्टार सञ्जय दत्तको भूमिका निर्वाह गरेर तारिफ बटुलेका अभिनेता रणबीर कपूर अब 'मुन्नाभाई' सिरिजको तेस्रो फिल्ममा देखिने भएका छन् । 
 
फिल्मफेयरको रिपोर्ट अनुसार, रणबीर यो फिल्ममा अरशद वारसीको ठाउँ सर्किटको रोल प्ले गर्दै देखिन सक्नेछन् ।
 
 
'मुन्नाभाई एमबीबीएस' र 'लगे रहो मुन्नाभाई' मा अरशद वारसी सर्किट बनेका थिए तर अब तेस्रो फिल्ममा उनलाई ठाउँ नमिल्ने भएको छ र यो रोल रणबीरलाई जान सक्ने बताइएको छ । 
 
सुत्रका अनुसार, 'सञ्जू' मा रणबीरको पर्फमेन्सलाई देख्दै मेकर्सलाई यो भरोसा छ कि रणबीर यो रोलका लागि फिट छन् र सञ्जय दत्तको साथ उनको अनस्क्रिन केमेस्ट्री जर्बजस्त साबित हुनेछ ।
 
निर्देशक राजकुमार हिरानीको तर्फबाट अहिले नै रणबीरलाई कास्ट गर्ने विषयमा कुनै अफिसियल कन्फर्मेशन मिलेको छैन तर उनी रणबीरलाई सर्किटको रोलमा कास्ट गर्नका लागि गम्भिरतापूर्वक सोचिरहेका छन् ।
Most Visited News (monthly)