Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्ल्याक’ गीत : आँचलको सास आकाश (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/21
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । 'तिम्रो लागि...' बोलको गीतले यो कपलको प्रेमभाव बोल्छ । गीत रोमान्टिक फ्लेभरमा छ ।
 
 
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । गीतको भिडियोमा आकाश र आँचलको केमेस्ट्री सुहाएको छ । 
 
प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।
 
‘ब्ल्याक’ लाई गोविन्द शाही, उज्जवल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।
 
यो फिल्म भाद्र १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)