Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेक पैसामा छुल्ठिमको तमाशा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/21
नामका कारण नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’ को दोस्रो गीत सार्वजनिक भएको छ । 'पैसा फेक तमाशा...' देख बोलको आइटम गीतमा अभिनेत्री छुल्ठिम गुरुङले ठुम्का लगाएकी छन् । 
 
गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् । उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.) को आवाज रहेको छ भने संगीत पनि गायक आफैंले भरेका छन् । 
 
 
गीतका शब्द टुरिस्ट जङ बि.केले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ ।
 
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
 
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । 
 
यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा  सन्दिप उप्रेती रहेका छन् । भाद्र १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)