Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘शुभ लभ’ बाट हिरो बने युवा ज्योतिष हरिहर

फिल्मीखबर, काठमाण्डौ, 2018/07/20
 
चर्चित युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा नेपाली फिल्ममा डेब्यु गरेका छन् । उनकै लेखन रहेको फिल्म ‘शुभ लभ’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । 
 
 
ज्योतिष अधिकारीको अपोजिटमा मिस टिन २०१७ की विजेता कृष्टिन पौडेल र डा. सुर्य थापा रहनेछन् । भाद्र १५ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ । 
 
 
बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा प्रदीप उदय छन् । सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण हुने बताइएको छ । 
 
 
यो फिल्ममा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मका प्रस्तुतकर्ता प्रदीप उदय अतिथी भूमिकामा देखिने कार्यक्रममा जानकारी गराइयो । 
 
 
निर्माता उदय भन्छन्, 'हामी छायांकन सकेर २ महिना प्रचारका लागि समय छुट्याउने छौं । एउटा उत्कृष्ट फिल्म बनाउने हाम्रो कोशिश रहनेछ ।' रामेश्वर कार्कीले खिच्ने फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 
 
‘शुभ लभ’ बाट नायकको रुपमा डेब्यु गर्न लागेको युवा ज्योतिष अधिकारीले फिल्मको कथा आफ्नो प्रोफेसनलाई मिल्ने खालको रहेको बताए । अब नायक भन्ने कि ज्योतिष ? पत्रकारको प्रश्नमा उनले भने, ‘नायक ज्योतिष भन्नुहोला ।’ 
 
 
उक्त फिल्ममा रोशन भट्टराईको द्वन्द्व रहनेछ भने कोरियोग्राफरको जिम्मेवारी रामजी लामिछानेले पाएका छन् । अभिमन्यु निरवीको यस फिल्ममा पटकथा तथा संवाद छ । 
Most Visited News (monthly)