Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि सञ्जयको जीवनीमा फिल्म बन्ने

एजेन्सी, मुम्बई, 2018/07/20
बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जू' बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यस फिल्मको तारिफ गरे तर यो फिल्म सञ्जय दत्तको छवि सफा देखाउनका लागि निर्माण गरिएको धेरैको आरोप छ । 
 
अब दर्शक र क्रिटिक्सको यो आरोप चाँडै दूर हुने भएको छ । फिल्म निर्देशक राम गोपाल वर्मा पनि सञ्जय दत्तको जीवनीमा फिल्म बनाउँदैछन् । यो कुराको पुष्टि मुम्बई मिररसँग कुरा गर्दै राम गोपालले गरेका छन् । 
 
 
उनले भने, 'हो, म यो फिल्म बनाउँदैछु ।' फिल्ममा को-को कलाकार हुनेछन र सञ्जय दत्तको जिन्दगीसँग जोडिएको कुन घटनालाई देखाइनेछ त्यसको भने जानकारी प्राप्त भएको छैन । भारतीय मिडियाका अनुसार, फिल्म मात्र १९९३ बम बिष्फोट र एके ५६ मा आधारित हुनेछ । 
 
'सञ्जू' ले बनायो रेकर्ड 
 
राजकुमार हिरानीको फिल्म 'सञ्जू' ले बक्स अफिमा कयौं रेकर्ड बनाएको छ । रणबीर कपूर स्टारर यो फिल्मले कमाईको मामलामा ३ सय करोडको आँकडा पार गरेको छ । यो रणबीरको पहिलो फिल्म हो, जसले ३ सय करोड कमाउन सफल भएको छ । 
Most Visited News (monthly)