Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ शहरमा फिल्म मेकिङ्ग वर्कशप हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2018/07/19
काठमाडौंभन्दा बाहिरका ठूला शहरहरुलाई फिल्मको राम्रो बजारको रुपमा लिइन्छ ।  प्रदेश सरकार बनेसँगै मोफसलका विभिन्न शहरमा ठुला ठुला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ । 
 
फिल्म छायांकन, अवार्ड र फेस्टिवलले पनि काठमाडौं बाहिरका शहरहरु रोज्न थालेका छन् । तर, अहिलेसम्म फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप उपत्यकाभन्दा बाहिर जान सकेका छैनन् । 
 
यसको सुरुवात काठमाण्डौको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीले गर्ने भएको छ । फिल्म निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्ममेकर्स तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले ईटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक-एक हप्ते 'फिल्म मेकिङ्ग वर्कशप' सञ्चालन हुने भएको छ । 
 
 
उक्त फिल्म निर्माण सम्बन्धि वर्कशप ईटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० देखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ देखि २२ गतेसम्म, पोखरामा भदौ २४ देखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ देखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ देखि १२ गतेसम्म सञ्चालन हुँदैछ । 
 
सबै शहरमा विहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म थेउरिटिकल र प्राक्टिकल तरीकाबाट वर्कशप सञ्चालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार, फिल्म निर्माण सम्बन्धि चासो भएका जो कोहि वर्कशपमा सहभागी हुन पाउनेछन् । 
Most Visited News (monthly)