Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनयको माया सृष्टिका लागि (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/19
साउन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज भएको छ । 'तिम्रै लागि हो...' बोलको गीतले यी दुईको प्रेमभाव बोल्छ । 
 
 
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित फिल्ममा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् । 
 
‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले 'डाइङ क्यान्डल' फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । 
 
फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । फिल्म ‘रोमियो एण्ड मुना’ मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)