Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चक्कर’ निर्मातासँग वितरक शाहीले मागे माफी

फिल्मीखबर, काठमाण्डौ, 2018/07/19
काफिया फिल्मस्का सञ्चालक, वितरक तथा फिल्म निर्माता गोविन्द शाहीले भोली शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चक्कर’ का निर्माता रविन आचार्यमाथि हातपात गरेको स्वीकार गर्दै माफी मागेका छन् । 
 
गएको तीन दिन अगाडि दरवारमार्गमा रहेको होटल उडल्याण्डमा वितरक शाहीले आफूले वितरण गर्न लागेको फिल्म 'पण्डित बाजेको लौरी' सँग फिल्म जुधाउन लागेको भन्दै निर्माता आचार्यमाथि हातपात गरेका थिए । 
 
 
(निर्माता रविन आचार्य र वितरक गोविन्द शाही)
 
आचार्यले बुधवार दरबारमार्गको प्रहरी बिटमा शाहीले आफूमाथि हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीको रोहबारमा दुवै पक्ष सहमतीमा आएका हुन् । आफूले गल्ती गरेको स्वीकार गर्दै वितरक शाहीले प्रहरी समक्ष आइन्दा यस्ता गतिविधीमा संलग्न नहुने वाचा गरेका छन् । 
 
निर्माता आचार्यले आफूमाथि वितरक शाहीले हातपात गरेको भन्दै दरबारमार्गको प्रहरी वृत्त र टेकु अपराध अनुसन्धान शाखामा उजुरी दिएका थिए । सुरुमा वितरक शाहीले प्रहरी समक्ष आफूले हातपात नगरेको बताएपनि पछि सिटिटिभी फेटेज हेरेपछि उनले आफ्नो गल्ती स्वीकारेका थिए । 
 
गएको वर्ष पनि निर्माता शाहीले नेपाल चलचित्र संघको परिसरमै वितरक गोपालकाजी कायस्थमाथि हातपात गरेका थिए । त्यसबेला पनि उनले गल्ती स्वीकार गर्दै कायस्थसँग माफी मागेका थिए । 
Most Visited News (monthly)