एक्स बिग बोस कन्टेस्टेन्ट, मोडल तथा अभिनेत्री नोरा फतेही अहिले फिल्म 'सत्यमेव जयते' को आफ्नो आइटम नम्बर ‘दिलबर-दिलबर’ का कारण चर्चामा छिन् । उनको डान्सलाई दर्शकले औधि रुचाएका छन् ।

गीत हिट भएपछि नोरालाई एक विगेस्ट फिल्म हात परेको छ । उनी बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म 'भारत' मा एक स्पेशल गीतमा देखिन सक्ने भारतीय मिडियाले बताएका छन् ।
सलमान खान र 'भारत' को टीमले नोरालाई एक गीतका लागि फाइनल गरेको खबर छ । तर, गीतमा उनी सलमानसँग देखिन्छिन् वा देखिन्नन् ? त्यसको भने जानकारी प्राप्त भएको छैन ।
केहि समय अगाडि नोराले आफू चाँडै एक राम्रो प्रोजेक्टमा काम गर्न लागेको बताएकी थिइन् । उनले 'रोर : द टाइगर्स अफ सुन्दरबर्न्स' बाट आफ्नो बलिउड करिअर सुरु गरेकी थिइन् ।
नोरा, बलिउड अभिनेता राजकुमार राव स्टारर फिल्म ‘स्त्री’ मा पनि एक आइटम गीतमा देखिने बताइएको छ । ‘स्त्री’ एक हरर कमेडी फिल्म हो, यसकारण फिल्ममा डान्स पनि ह्यूमरस एनीमेन्ट्स हुनेछ ।
यस फिल्मको गीतमा उनको ड्रेस पनि फरक हुनेछ । साडीमा स्नीकर्स लगाएर उनले नृत्य गर्नेछिन् । ‘दिलबर-दिलबर’ गीत हिट भएपछि आइटम नम्बरमा उनको डिमाण्ड ह्वात्तै बढेको छ ।

