Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुश्री सम्पत्ति’ मा सारासँग सलोन र बिनोदको छमछमी

फिल्मीखबर, काठमाण्डौ, 2018/07/18
गीत संगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल' का संस्करणदेखि 'छक्का पन्जा २' सम्म पछिल्ला उदाहरण हुन् । 
 
 
प्रचारप्रसारको बलियो माध्यम हुने भएकोले पनि गीतसंगीतलाई फरक तथा आकर्षक बनाइने गरिन्छ । गीतसंगीतलाई केहि पृथक देखाउने कोसिस सहित भाद्र २२ मा प्रदर्शन हुने फिल्म ‘सुश्री सम्पत्ति’ युनिटले छायांकन गरिरहेको छ । 
 
फिल्ममा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यस गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । 
 
 
गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् । 
 
रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायांकन भईरहेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । 
 
 
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । ‘सुश्री सम्पत्ति’ को निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । 
Most Visited News (monthly)