साउन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘टिनएज’ ले टिनएजर्सहरुलाई संस्कार सिकाउने निर्देशक दिनेश पाख्रिनले बताएका छन् । उनले टिनएजर्सको वास्तविक प्रेमकथामा फिल्म आधारित रहेको पनि बताए ।
.jpg)
उनी भन्छन्, 'मेरो फिल्ममा अधिकांश नयाँ कलाकार हुनुहुन्छ तर सबैको काम परिपक्क छ । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिन चुक्ने छैन ।' कलाकार नरेश वीर सिंहले ‘टिनएज’ ले टिनएजर्सको वास्तविक कथा बोल्ने हुँदा एकपटक सबैले हेर्नैपर्ने बताए ।
‘टिनएज’ मा नरेशका अलावा प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको फिल्ममा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।
.jpg)
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

