(1).jpg)
(निकिता पौडेल, अध्यक्ष- चलचित्र विकास बोर्ड)
देउवा नेतृत्वको सरकार हुँदा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकित पौडेलको नियुक्ति वर्तमान सरकारले बदर गरेपछि यस विषयमा विभिन्नथरी बहस सुरु भएका थिए ।
कति चलचित्रकर्मीले त सूचना तथा सञ्चार मन्त्रालयमा बोर्ड अध्यक्षका लागि आफ्नो नामको फाइल समेत बुझाइसकेका छन् भने कोहि भित्री रुपमा पार्टीका विभिन्न व्यक्ति भेट्दै आफ्नो पक्षमा लबिङ्ग गर्न आग्रह गरिरहेका थिए ।
तर, सोमवार सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
उनले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन् । निकितालाई राजनीति गरेर पदबाट निकालिएको चर्को आलोचना भइरहँदा यस विषयमा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मुख खोलेका छन् ।
(1).jpg)
(सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा)
मंगलवार राजधानीका २० हलमा लागू भएको बक्स अफिस प्रणालीको उद्घाटन गर्दै उनले निकितालाई राजनीति गरेर नहटाइएको बताए । उनी भन्छन्, 'निकिता पौडेललाई राजनीति गरेर निकालेको होइन, पर्न गएको हो । पर्न गयो त अब के गर्ने ?'
सर्वोच्च अदालतको अन्तरिम आदेश पश्चात् निकिता पुनः साउन १ गतेबाट चलचित्र विकास बोर्ड फर्किने बताइएको थियो । सरकारबाट नियुक्ति बदर नभएको चिठ्ठी प्राप्त नगरेका कारण उनी मंगलवार बक्स अफिस उद्घाटन कार्यक्रममा उपस्थित भइनन् ।

