Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विकास बोर्ड फर्किइन् निकिता

फिल्मीखबर, काठमाण्डौ, 2018/07/17
सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 
 
देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु वर्तमान सरकारले बदर गरेपछि निकिताले पनि जागिरबाट हात धुनु परेको थियो । उनले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन् ।
 
 
सोमबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पौडेललाई हटाउने निर्णय दोस्रो सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न भनेको हो । 
 
सर्वोच्चको अन्तरिम आदेशपछि निकिताले प्रारम्भिक न्याय पाएको भन्दै साउन १ गतेबाट चलचित्र विकास बोर्डमा गएर काम सुरु गरेकी छन् ।
 
उनी गएको मंसिर २५ मा शेरबहादुर देउवाको सरकार हुँदा बोर्ड अध्यक्षमा नियुक्त भएकी थिइन् । मंगलबार दिउँसो २ बजे सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणालीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Most Visited News (monthly)