केही दिन अगाडि एक स्मारिकामा आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा मिडियाप्रति अभिनेत्री रेखा थापाले चित्तदुखाई सुनाएकी थिइन् । उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि अन्ततः यस विषयमा उनले स्पष्टिकरण दिन बाध्य भएकी छन् ।
 (2).jpg)
मंगलवार आफू अभिनीत, निर्मित तथा निर्देशित फिल्म 'माालिका' को गीत सार्वजनिक कार्यक्रममा उनले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा आफ्नो चित्तदुखाई नभएको बताइन् ।
उनी भन्छन्, 'मलाई कुनै ट्याग चाहिँदैन । न मलाई ‘मेघास्टार’ न त ‘महानायिका’ नै भन्नुपर्छ । दर्शकले जुन ट्याग दिनुहुन्छ त्यो नै मेरो लागि काफी छ ।' उनले २/३ वटा हिट फिल्म दिँदैमा नयाँ कलाकारलाई ‘मेघास्टार’ जस्तो ताजले थिचिदिनु गलत रहेको बताइन् ।
'म चाहन्छु दिन प्रतिदिन मेरो क्षेत्रमा नयाँ प्रतिभाहरु आऊन । इन्डष्ट्रीलाई लिड गरुन । समाजलाई लिड गरुन । कलाकार भएका कारण हरेक क्षेत्रमा दख्खल अन्दाज राखुन भन्ने मेरो आशय हो । मैले कसैको ईष्या गरेर, यो कसैलाई किन भनियो भन्न खोजेको अवश्य होइन', उनले भनिन् ।
'नयाँ कलाकारलाई प्रोत्साहन गर्ने एउटा लिमिटेसन हुन्छ । लिमिटेसन अनुसार प्रोत्साहन गरौँ । ताकि त्यसले ह्यारेस्मेन्ट नहोस्', रेखा अगाडि भन्छिन्, 'हामीले जसलाई आशलाग्दो कलाकार भनेर मानिरहेका छौं उनीहरुलाई अगाडि बढ्न दिनुपर्छ । एकैचोटी क्राउन लगाइदिएर थेग्न नसक्ने अवस्थामा नपुर्याइदिऔं ।'
 (1).jpg)
रेखा आफूलाई कुनै ट्यागले सम्बोधन गर्न आवश्यक नरहेको बताउँछिन् । उनी भन्छिन्, 'म भित्र नायक छ । म असल मान्छे हुँ । र, असल कलाकार मात्र हुँ । त्योभन्दा बढी मलाई केहि कुराले सम्बोधन गर्नु पर्दैन । मलाई दर्शकले सम्बोधन गर्दिए पुग्छ ।'

