Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालिका’ को ‘हल्का माया’ गीतमा रेखाको ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/17
अभिनेत्री रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । लोकलयको ‘हल्का माया के माया...’ बोलको गीतको छायांकन जाजरकोट दरबार परिसरमा गरिएको छ । 
 
 
अभिनेत्री रेखा थापा फिचर्ड गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । गीतमा अञ्जु पन्तको सोलो स्वर छ । 
 
नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा देश जोड्ने कुरा गरिएको अभिनेत्री थापाले बताइन् । 
 
गीतको अडियो अनुसार भिडियो बन्न सकेको छैन । रामजी लामिछानेको कोरियोग्राफी कमजोर देखिन्छ । अभिनेत्री रेखाको नृत्य पनि खुल्न सकेको छैन । उनले निकै कठिनका साथ कम्मर मर्काएकी छन् । 
 
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । 
 
शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)