Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपको ‘झमक बहादुर’ ट्रेलरमा सुन तस्करीको कुरा

फिल्मीखबर, काठमाण्डौ, 2018/07/16
अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलर सार्वजनिक हुँदा यो फिल्म दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो । 
 
 
दोस्रो ट्रेलरले फिल्म कमेडी जनरामा निर्माण भएको प्रष्ट हुन्छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् । 
 
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । 
 
अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ । 
 
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको यो फिल्म साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)