Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र सृष्टिको ‘बाँध मायाले’ टीजर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/07/16
अभिनेता आर्यन अधिकारी र पूर्वमिस नेपाल तथा 'गाजलु' फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । 
 
 
सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव-नायकको रुपमा डेव्यु गर्दैछन् । 
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायांकन बाबु श्रेष्ठ र द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । 
 
फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् ।
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)