Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे’ अर्गानिक फिल्म : बर्षा सिवाकोटी

फिल्मीखबर, काठमाण्डौ, 2018/07/16
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'कारखाना' पछि अभिनेत्री बर्षा सिवाकोटी पर्दामा देखिएकी छैनन् । करीब १ वर्षको अन्तरालपछि उनी अभिनीत नयाँ फिल्म ‘भैरे’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
यो फिल्ममा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ । उनी आफूले गरेका अन्य फिल्मभन्दा ‘भैरे’ फरक रहेको बताउँछिन् । उनी भन्छिन्, 'नेपालीपन बोकेको फिल्म हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।' 
 
उनी ‘भैरे’ लाई अर्गानिक फिल्म भन्न रुचाउँछिन् । 'एउटा प्याकेजको फिल्म बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ फिल्ममा नेपालीपनलाई बढी फोकस गरिएको छ', उनले भनिन् । अभिनेत्री सिवाकोटी ‘भैरे’ ले आफूलाई भर्सटायल बनाउन पनि सहयोग पुर्‍याउनेमा विश्वस्त छिन् । 
 
 
एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।
 
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । 
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
Most Visited News (monthly)