Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साम्राज्ञीलाई आफूसँग दाँज्छन् आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2018/07/16
चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी डिमाण्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर म्यूजिकल लभस्टोरी जनरामा निर्मित फिल्म ‘कायरा’ साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । पहिलो पटक यो जोडीले स्क्रिन साझेदारी गरेका हुन् । 
 
 
ट्रेलर र गीतसंगीतबाट जोडी सुहाएको कमेन्टले यतिबेला आर्यन र साम्राज्ञी दुवै दंग छन् । साम्राज्ञी भन्छिन्, 'रिलिजको हिसाबमा ‘कायरा’ मेरो चौँथो फिल्म हो । आजसम्म कुनै पनि फिल्मबाट यति राम्रो फिडब्याक पाएकी थिइनँ ।' उनी ट्रेलर र गीतलाई मिलेको उत्कृष्ट प्रतिक्रियाले आफू उत्साहित बनाएको बताउँछिन् । 
 
अभिनेता सिग्देलले भने स्क्रिप्ट सुन्दै गर्दा साम्राज्ञीसँग आफ्नो जोडी नसुहाउने सोचेका रहेछन् । उनले निर्देशक लक्ष्मण रिजाललाई जर्वजस्ती जोडी बाँध्नुभन्दा नयाँ केटा खोज्न सल्लाह पनि दिएका थिए । निर्देशक रिजालले दुवैको केमेस्ट्री सुहाउने आश्वासन दिए पश्चात् आर्यन फिल्म गर्न राजी भएका थिए । 
 
'साम्राज्ञीले अहिलेको पुस्ताको प्रतिनिधित्व गर्छिन् । म अलि अगाडिको हुँ । कसरी केमेस्ट्री सुहाउँला भन्ने खुब डर थियो । फिल्म गर्दा म साम्राज्ञीको समयमा जानु पर्थ्यो । मेरो लागि यो ठूलो चुनौती थियो', उनले भने । ट्रेलर र गीतमा जोडी सुहाएको प्रतिक्रियापछि भने आर्यनले खुसीको सास फेरेका छन् । 
 
साम्राज्ञीलाई लिएर आर्यनले 'सेभ साइड' खोजेको आरोप पनि छ । एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा उनको स्टारडममाथि ठूलो चोट पुगेको छ । उनी यसको दोषी आफू स्वयमलाई ठान्दछन् । तर, साम्राज्ञी लिएर आफू फेरि चम्किन खोजेको आरोप भने गलत रहेको उनको भनाई छ । 
 
 
उनी भन्छन्, 'साम्राज्ञीलाई लिएर म 'सेल्फ ल्यान्डिङ' हुन खोजेको अवश्य होइन । फिल्मको स्क्रिप्टले नै उनलाई खोजेका कारण लिएका हौं । मान्छु, उनको क्रेज अहिले राम्रो छ । उनी पहिलाकी आर्यन सिग्देल हुन् ।' 
 
दुवैले भविष्यमा राम्रो प्रोजेक्ट मिले फेरि सँगै काम गर्न इच्छुक रहेको बताएका छन् । आर्यन भन्छन्, 'ट्रेलर रिलिज पश्चात् नै म त उनीसँग फेरि एकपटक काम गर्न आतुर भइसकेको छु । हेरौँ, अब हलमा आउनुभएका दर्शकबाट कस्तो प्रतिक्रिया मिल्छ ।' 
 
फिल्ममा साम्राज्ञी टाइटल क्यारेक्टरमा छिन् भने आर्यन जयको भूमिकामा छन् । लक्ष्मण रिजाल निर्देशित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । 
 
कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । 
 
 
यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)