Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले उठाएका थिए डा. हात्तीको उपचार खर्च

एजेन्सी, मुम्बई, 2018/07/15
हास्य टेलिसिरियल 'तारक मेहता का उल्टा चश्मा' का लोकप्रिय पात्र हंसराज हात्तीको भूमिका निर्वाहा गर्ने कलाकार कवि कुमार आजादको केहि दिन अगाडि हार्ट अट्याकका कारण निधन भएको छ । डा. हात्तीले पहिला पनि आफ्नो वजनका कारण कयौं पटक समस्याको सामना गरिसकेका थिए । 
 
 
८ वर्ष अगाडि डा. हात्ती आफ्नो शोको सेटमा बेहोस भएका थिए । र, उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । त्यस घट्नापछि उनको अवस्था निकै जटिल भएको थियो । अस्पतालमा उनको बेरियाट्रिक सर्जरी गरिएको थियो । 
 
उनको अवस्था देखेर बलिउड सुपरस्टार सलमान खानले डा. हात्तीको सम्पूर्ण उपचारको खर्च उठाएका थिए । अस्पतालमा भएको सर्जरीपछि उनको तौल १४० किलो भएको थियो । उपचारभन्दा अगाडि उनको तौल २६५ थियो । 
 
बाल्यकालदेखि नै अभिनयका सौखिन थिए डा. हात्ती
 
डाक्टर हात्तीलाई बाल्यकालदेखि नै अभिनयको सौख थियो । युवा हुनसाथ उनको तौल तेज गतिमा बढ्यो । यसको बाबजुत् पनि उनले आफ्नो अभिनयको सौखलाई छाडेनन् । 
 
उनले कयौँ पटक अन्तर्वार्तामा भनेका छन्, 'म शोमा डाक्टर बनेको छु तर रियल लाइफमा एक सानदार विरामी हुँ ।' कवि कुमार आजाद ४५ वर्षका भइसकेका थिए । उनले 'फन्टूश व मेला' जस्ता फिल्ममा पनि काम गरेका थिए ।  
Most Visited News (monthly)