Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चन्द्रागिरी पुगेर ‘रोमियो एण्ड मुना’ को प्रचार

फिल्मीखबर, काठमाण्डौ, 2018/07/15
 
पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर फिल्म ‘रोमियो एण्ड मुना’ टिमले फिल्मको प्रचार गरेको छ । विनय श्रेष्ठ (रोमियो) र सृष्टि श्रेष्ठ (मुना) सँगै निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीसहितको टोली फिल्मको प्रचार गर्न त्यहाँ पुगेका हुन् । 
 
उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत आश्वसन दिए । 
 
‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गर्‍यो । विनय र सृष्टिले आफ्नो लागि ‘रोमियो एण्ड मुना’ विशेष रहेको बताए । उनीहरुले चन्द्रागिरी घुम्न गएका सयौँ दर्शकसँग फिल्मबारे अन्र्तक्रिया पनि गरे । 
 
 
'डाइङ क्यान्डल' बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहेनत गरेर बनाएको बताए । पहिलो पटक फिल्म बनाएका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे । 
 
प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । 'हामी राजधानी बाहिर गएर पनि फिल्मको प्रोमोशन गर्छौं', निर्माता गोपालीले भने । फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ । 
 
 
साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयूक्त रुपमा निर्माण गरेका छन् । 
Most Visited News (monthly)